आइतबार, भाद्र २८ गते २०८३
images

मछिन्द्र सभापति कपको सेमिफाइनलमा

एक्सप्रेस पाना
माघ ११, २०८१ शुक्रबार
  • 274
    SHARES
  • मछिन्द्र सभापति कपको सेमिफाइनलमा

    काठमाडौं  । मछिन्द्र क्लब नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेश निर्देशन समितिको आयोजनामा भएको  सभापति कप फुटबलको  सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images

    दशरथ रंगशालामा शुक्रबार भएको खेलमा मछिन्द्रले एपिएफलाई १–० गोलले पराजित गरेको हो ।

    मछिन्द्रको जीतमा सनिष श्रेष्ठले थप गरिएको अन्तिम मिनेटमा गोल गरे ।

    images

    बिमल घर्ति मगरले आज दोस्रो हाफमा मैदान प्रवेश गर्दै नेपाली फुटबलमा कमब्याक गरेका छन् । अन्तिमपटक एक वर्ष अगाडि उनले नेपालमा फुटबल खेलेका थिए ।
    यसअघि चर्च बोइजलाई हराउँदै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। फाइनल प्रवेशका लागि मछिन्द्रले संकटासँग खेल्ने छ । उपाधि विजेताले २६ लाख र उपविजेताले नगद १३ लाख पाउने छ ।

  • सम्बन्धित विषय:

  • # सभापति कप