आइतबार, भाद्र २८ गते २०८३
images

टाइगर कप भलिबल:एपिएफको लगातार दोस्रो जित

एक्सप्रेस पाना
माघ १४, २०८१ सोमबार
  • 233
    SHARES
  • टाइगर कप भलिबल:एपिएफको लगातार दोस्रो जित

    काठमाडौं । विभागीय टोली एपिएफ क्लबले एनसेल पाँचौ टाइगर कप भलिबलको महिलातर्फ लगातार दोस्रो खेल जितेको छ ।

    images

    पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबारको पहिलो खेलमा एपिएफले टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबलाई सोझो सेटमा पराजित गरेको थियो ।

    यसैगरी आज पनि एपिएफले डायमण्डलाई २५–२२, २५–२३ र २५–२१ को सेटमा पराजित गर्यो । आजबाट प्रतियोगितामा लिग चरणका खेलहरु सुरु भएको छ ।

    images

    अब अर्को खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

    सबै टोलीले एकएक खेल खेलेपछि अहिले जित्ने र हार्नेे टोलीको छुट्टाछुट्टै समूह बनेका छन् । ती समूहअन्तर्गत लिग खेल हुनेछ । एउटै समूहमा रहने टोलीले एकअर्कासँग खेल्नेछन् ।

    पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ ।

    हार्ने समूहबाट दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

  • सम्बन्धित विषय:

  • # टाइगर कप भलिबल