आइतबार, भाद्र २८ गते २०८३
images

क्रिकेटर अनिल कुमार शाह अप्टिमस ग्लोबलको ब्राण्ड एम्बेसडरमा नियुक्त

एक्सप्रेस पाना
माघ १५, २०८१ मंगलबार
  • 392
    SHARES
  • क्रिकेटर अनिल कुमार शाह अप्टिमस ग्लोबलको ब्राण्ड एम्बेसडरमा नियुक्त

    काठमाडौं ।  नेपाली क्रिकेट टीमका ओपनर ब्याट्सम्यान अनिल कुमार शाहलाई अप्टिमस ग्लोबल एजुकेसन कन्सल्टेन्सीले ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । 

    images

    मंगलबार एक विशेष कार्यक्रमकाबीच शाहलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको हो ।

    ब्राण्ड एम्बेसडरमा नियुक्त भएसँगै शाहले अप्टिमस ग्लोबलसँग जोडिन पाउँदा खुसी लागेको बताए । उनले खेल र शिक्षा कतै न कतै जोडिएको विषय समेत भएको बताए ।

    images

    उनले भने, ‘अप्टिमस ग्लोबलसँग जोडिन पाउँदा म धेरै नै खुसी भएको छु । मलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेकामा धन्यवाद व्यक्त गर्न चाहन्छु । खेल र शिक्षा कतै न कतै जोडिएको छ । कुनै पनि देशमा गएर खेल्दाखेरी एकदमै सपोर्ट पाउँछौं । जहाँ ८० देखि ९० प्रतिशत विद्यार्थीहरु सपोर्ट गरिरहेको हुन्छन् ।’

    साथै उनले खेलाडीहरुलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गर्दा आर्थिक सहयोगका साथै करियरमा बुस्ट भइरहेको बताए । 

  • सम्बन्धित विषय:

  • # अनिल कुमार शाह
  • # ब्राण्ड एम्बेसडर