आइतबार, भाद्र २८ गते २०८३
images

त्रिकोणात्मक महिला टी–२० सिरिज आजदेखी सुरु:पहिलो खेलमा नेपालले नेदरल्याण्डसको सामना गर्दै

एक्सप्रेस पाना
माघ १७, २०८१ बिहीबार
  • 293
    SHARES
  • त्रिकोणात्मक महिला टी–२० सिरिज आजदेखी सुरु:पहिलो खेलमा नेपालले नेदरल्याण्डसको सामना गर्दै

    काठमाडौं । आजदेखि महिला त्रिकोणात्मक टी–२० सिरिज काठमाडौँमा हुदै छ । 

    images

    बिहिबार  टियु अन्तर्राष्टिय क्रिकेट मैदानमा हुने खेल अपराहन्न सवा १२ बजेदेखि शुरु हुने छ । पहिलो खेलमा आज नेपालले नेदरल्याण्डसको सामना गर्दै छ । 

    नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यस सिरिजमा नेपालसहित नेदरल्याण्डस् र थाइल्याण्ड सहभागी हुदै छन् ।

    images

    काठमाडौँमा जनवरी ३० देखि फेब्रुअरी ७ सम्म हुने यो प्रतियोगितामा तीन देशले एक अर्कासहित ३–३ खेल खेल्ने छन् ।

    ३० जनवरीमा नेपाल र नेदरल्याण्डस, ३१ जनवरीमा नेदरल्याण्डस र थाइल्याण्ड, १ फेब्रुअरीमा नेपाल र थाइल्याण्ड, २ फेब्रुअरीमा नेदरल्याण्डस र नेपाल, ३ फेब्रुअरीमा थाइल्याण्ड र नेदरल्याण्डस, ४ फेब्रुअरीमा थाइल्याण्ड र नेपाल, ५ फेब्रुअरीमा नेपाल र नेदरल्याण्डस, ६ फेब्रुअरीमा नेदरल्याण्डस र थाइल्याण्ड तथा ७ फेब्रुअरीमा नेपाल र थाइल्याण्डबीच खेल हुने क्यानले जानकारी दिएको छ ।               

    क्यानले यस सिरिजका लागि इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ । 

    नेपाली टिममा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सित राना मगर, पुजा महतो, बिन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, अलिशा के यादव, रोमा थापा, मनिष उपाध्याय र इश्वरी विष्ट रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # महिला टी–२० सिरिज