आइतबार, भाद्र २८ गते २०८३
images

त्रिकोणात्मक महिला टी–२०:नेदरल्याण्ड्सले नेपाललाई दियो १५८ रनको लक्ष्य

एक्सप्रेस पाना
माघ १७, २०८१ बिहीबार
  • 364
    SHARES
  • त्रिकोणात्मक महिला टी–२०:नेदरल्याण्ड्सले नेपाललाई दियो १५८ रनको लक्ष्य

    काठमाडौं । त्रिकोणात्मक महिला टी–२० क्रिकेट सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ ।

    images

    बिहिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाउँदै १५७ रन बनाएको हो ।

    नेदरल्याण्ड्सका रोबिन राइकेले अर्धशतकीय पारी खेलिन् । उनले ४८ बलमा ८ चौका प्रहार गर्दै ५९ रन जोडिन् ।कालिसले २९ रन बनाउँदा लीडेले ६ रनमै आउट भइन् ।

    images

    हेदर सिगर्सले २३ रन जोड्दा आइरिस जुइलिङ ३१ रनमा अविजित रहिन् ।

    नेपालका लागि ईश्वरी विष्ट, सीता राना मगर, कविता कुँवर र पूजा महतोले एक/एक विकेट लिइन् ।

     

  • सम्बन्धित विषय:

  • # त्रिकोणात्मक महिला टी–२०