काठमाडौं । जारी महिला त्रिकोणात्मक टी( २० सिरिज अन्तर्गत आज नेपाल र नेदरल्याण्डसबीच खेल हुदै छ ।
आइतबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल अपराहन्न सवा १२ बजेदेखि शुरु हुनेछ ।
जारी सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेर दबाबमा रहेको छ । नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने दोस्रो खेलमा थाइल्याण्डसँग हार बेहोरेको थियो ।
क्यानले यस सिरिजका लागि इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सित राना मगर, पुजा महतो, बिन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, अलिशा के यादव, रोमा थापा, मनिष उपाध्याय र इश्वरी विष्ट रहेका छन् ।


