काठमाडौं । त्रिकोणात्मक महिला टी–२० क्रिकेट सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेदरल्याण्ड्सले २० ओभर खेलेर ९ विकेट गुमाउँदै १४० रन बनाएको हो ।
टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सका लागि कप्तान बाबिटे डे लिडेले ४१ रन बनाइन् ।
नेपालका लागि सीता राना मगरले ५विकेट लिइन् भने मनिषा उपाध्यायले २ तथा कविता जोशी र कप्तान इन्दु बर्माले १–१ विकेट लिइन् ।


