शुक्रबार, भाद्र २६ गते २०८३
images

स्पेनलाई हराउँदै फ्रान्सले जित्यो युइएफए नेसन्स लिगको उपाधि

एक्सप्रेस पाना
आश्विन २५, २०७८ सोमबार
  • 642
    SHARES
  • स्पेनलाई हराउँदै फ्रान्सले जित्यो युइएफए नेसन्स लिगको उपाधि

    एजेन्सी । दोस्रो संस्करणको युइएफए नेसन्स लिग फुटबल प्रतियोगिताको उपाधि फ्रान्सले जितेको छ ।

    images

    आइतबार राति मिलानो इटालीमा भएको खेलमा स्पेनलाई २-१ गोल अन्तरले हराउँदै फ्रान्सले पहिलो पटक युइएफए नेसन्स लिगको उपाधि जितेको हो ।

    फ्रान्सको पुनरागमन जितमा करिम बेन्जेमा र केलियन एमबाप्पेले समान १/१ गोल गरे यता स्पेनको लागि मिकेल ओयरजवाल १ गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेपछि हाफ बराबरीमा सकिएको खेलको ६५औं मिनेटमा ओयरजवालले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

    images

    त्यस्तै खेलको ६७औं मिनेटमा फ्रान्सका लागि बेन्जेमाले गोल गरि खेल १/१ गोलको बराबरी अबस्थामा ल्याए । त्यसपछि खेलको ८१औं मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई २-१ गोलको जितसँगै उपाधि दिलाए । यता तेस्रो स्थान भने युरो विजेता इटाली बनेको छ । जसमा बेल्जियमलाई २-१ गोलले पराजित गरेको थियो ।

    त्यसअघि सन् २०१८/१९ मा पोर्चुगलले नेदरल्यान्ड्सलाई १-० ले पराजित गर्दै पहिलो संस्करणको उपाधि जितेको थियो । स्पेनले इटालीलाई २-१ ले तथा फ्रान्सले बेल्जियमलाई ३-२ ले हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो ।