आइतबार, भाद्र २८ गते २०८३
images

थाइल्याण्डले नेपाललाई दियो १०७ रनको लक्ष्य

एक्सप्रेस पाना
माघ २२, २०८१ मंगलबार
  • 320
    SHARES
  • थाइल्याण्डले नेपाललाई दियो १०७ रनको लक्ष्य

    काठमाडौं । त्रिकोणात्मक महिला  टी–२० सिरिजमा थाइल्याण्डले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । 

    images

    मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै १०६ रन बनाएको हो । 

    थाइल्याण्डका लागि थिपाचा पुथावोंग २५ र चनिदा सुथिरुआंग २७ रनमा अविजित रहिन् ।

    images

    नेपालका लागि मनीषा उपाध्यायले ३ विकेट लिइन् भने रचना चौधरी र पूजा महतोले १–१ विकेट लिइन् । राष्ट्रिय क्रिकेट टीममा रचनाको यो डेब्यू खेल हो । 

    नेपाल आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्यमा छ । 

     

  • सम्बन्धित विषय:

  • # महिला  टी–२० सिरिज