आइतबार, भाद्र २८ गते २०८३
images

त्रिकोणात्मक महिला टी–२० सिरिजमा नेपाल थाइल्याण्डसंग ५ रनले पराजित

एक्सप्रेस पाना
माघ २२, २०८१ मंगलबार
  • 314
    SHARES
  • त्रिकोणात्मक महिला टी–२० सिरिजमा नेपाल थाइल्याण्डसंग ५ रनले पराजित

    काठमाडौं । त्रिकोणात्मक महिला  टी–२० सिरिजमा नेपालले लगातार चौथो हार व्यहोरेको छ । 

    images

    मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा थाइल्याण्डले नेपाललाई ५ रनले हराएको हो । थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सक्यो । 

    त्यस अघि टस जितेर ब्याटिङ गरेको २० ओभरमा ६ विकेट गुमाउँदै १०६ रन बनाएको थियो। 

    images

    थाइल्याण्डका लागि थिपाचा पुथावोंग २५ र चनिदा सुथिरुआंग २७ रनमा अविजित रहिन् ।

    नेपालका लागि मनीषा उपाध्यायले ३ विकेट लिइन् भने रचना चौधरी र पूजा महतोले १–१ विकेट लिइन् ।

     

  • सम्बन्धित विषय:

  • # महिला टी–२० सिरिज