आइतबार, भाद्र २८ गते २०८३
images

महिला त्रिकोणात्मक टी– २० सिरिजमा नेपालले आज नेदरल्याण्डससंग खेल्दै

एक्सप्रेस पाना
माघ २३, २०८१ बुधबार
  • 252
    SHARES
  • महिला त्रिकोणात्मक टी– २० सिरिजमा नेपालले आज नेदरल्याण्डससंग खेल्दै

    काठमाडौं । जारी महिला त्रिकोणात्मक टी– २० सिरिज नेपालले आज नेदरल्याण्डससंग खेल्दैछ । बुधबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा अपराहन्न सवा १२ बजेदेखि शुरु हुने छ । 

    images

    जारी सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेर उपाधिको दौडबाट बाहिरिएको छ भने नेदरल्याण्डसले अहिलेसम्म खेलेका ४ खेलमा नेपालविरुद्धका २ खेल जितेको छ ।       

    क्यानले यस सिरिजका लागि इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ ।  नेपाली टिममा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सित राना मगर, पुजा महतो, बिन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, अलिशा के यादव, रोमा थापा, मनिष उपाध्याय र इश्वरी विष्ट रहेका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # महिला त्रिकोणात्मक टी– २० सिरिज