काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रन बनाएको हो ।
नेपालका लागि पूजा महतोले अर्धशतकीय पारी खेलिन् । पूजाले ५१ बलमा ५ चौका प्रहार गर्दै उनी ६२ रनमा अविजित रहिन् ।
इन्दु बर्माले भने ३९ रन बनाउँदा रुबिना क्षेत्रीले २० रन जोडिन् । कविता जोशी भने ७ रनमा अविजित रहिन् ।


