काठमाडौं । जारी महिला त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आज थाइल्याण्डको सामाना गर्दै छ ।
शुक्रबार टियु क्रिकेट मैदानमा हुने यो खेल अपराहन्न सवा १२ देखि शुरु हुने छ । यो यस सिरिजको अन्तिम खेल हो ।
जारी सिरिजमा अहिलेसम्म थाइल्याण्डले खेलेका ५ खेलमा चार खेल जितेर ८ अंकसहित शिर्ष स्थानमा रहेको छ र उपाधिको प्रबल दाबेदार रहेको छ । त्यस्तै नेपालले भने अहिलेसम्म खेलेका पाँचै खेलमा हार बेहोरेको छ । आज नेपालले थाइल्याण्डलाई पराजित गरेर प्रतियोगितामा सान्त्वना जित हासिल गर्ने लक्ष्यका साथ खेल्ने छ ।
क्यानले यस सिरिजका लागि इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टिम खेलाएको छ । नेपाली टिममा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सित राना मगर, पुजा महतो, बिन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, अलिशा के यादव, रोमा थापा, मनिष उपाध्याय र इश्वरी विष्ट रहेका छन् ।


