आइतबार, भाद्र २८ गते २०८३
images

नेपालले थाइल्यान्डलाई दियो ८२ रनको लक्ष्य

एक्सप्रेस पाना
माघ २५, २०८१ शुक्रबार
  • 284
    SHARES
  • नेपालले थाइल्यान्डलाई दियो ८२ रनको लक्ष्य

    काठमाडौं । जारी त्रिदेशीय महिला टी-२० क्रिकेट शृंखलाको अन्तिम खेलमा नेपालले थाइल्यान्डलाई ८२ रनको लक्ष्य दिएको छ ।

    images

    शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ८१ रन बनाएको हो । 

    नेपालका लागि सम्झना खड्काले १७, कविता जोशीले १४ र क्याप्टेन इन्दु बर्माले १० रन बनाइन् । सिता राना मगर ७ र राजमती ऐरी ११ रनमा नटआउट रहे । अरुले दोहोरो अंक छुन सकेनन् ।

    images

    थाइल्यान्डका लागि ओनिचा काम्चोम्फुले ३ विकेट लिइन् ।

    पाँच खेलमा अंकविहीन नेपाल अन्तिम खेलमा जित निकाल्दै सुखद् अन्त्यको लक्ष्यमा छ । थाइल्यान्ड भने नेपाललाई हराउँदै उपाधि जित्न चाहन्छ ।