आइतबार, भाद्र २८ गते २०८३
images

एभिन्यू कन्सलटेन्सीको ब्रान्ड एम्बेसडरमा गुल्सन झा

एक्सप्रेस पाना
माघ २९, २०८१ मंगलबार
  • 369
    SHARES
  • एभिन्यू कन्सलटेन्सीको ब्रान्ड एम्बेसडरमा गुल्सन झा

    काठमाडौं । एभिन्यू एजुकेसन कन्सलटेन्सी तथा ओएए स्टडी नेपालले नेपाली राष्ट्रिय टोलीका क्रिकेटर गुल्सन झालाई आफ्नोे ब्रान्ड एम्बेसडरमा घोषणा गरेको हो । 

    images

    मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच क्रिकेटर झालाई कन्सलटेन्सीले नियुक्त गरेको हो । 

    कार्यक्रम क्रिकेटर झाले एभिन्यु परिवारसँग जोडिन पाउँदा एकदमै खुसी र उत्साहित भएको बताए । खेल र शिक्षा दुई छुट्टै क्षेत्र भएतापनि आफ्नो देशलाई योगदान कसरी गर्न सकिन्छ भन्ने एउटै उद्देश्य रहेको बताए । 

    images

    उनले भने,‘एभिन्यु परिवारसँग जोडिन पाउँदा एकदमै खुसी लागिरहेको छ । साथसाथै एकदमै उत्साहित छु यो यात्राको लागि । यो दुईवटा क्षेत्र फरक फरक हो तरपनि उद्देश्य एउटै छ । आफ्नो देशलाई योगदान कसरी गर्न सकिन्छ भन्ने एक अर्कासँग जोडिएसँगै पक्कै पनि अगाडि बढ्न एक अर्कोलाई सहयोग गर्नेछौं ।’

    त्यस्तै एभिन्यू एजुकेसन कन्सलटेन्सी तथा ओएए स्टडी नेपालका फाउन्डर रविन पाण्डेले गुल्सन झालाई आफ्नो ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गर्न पाउँदा खुसी लागेको बताए ।