असोज २५ काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले सेप्टेम्बर महिनाको आइसिसी प्लेयर अफ द मन्थको अवार्ड जितेका छन । उनले बंगलादेशका नसुम अहमद र अमेरिका जस्करन माल्होत्रालाई पराजित गर्दै उक्त अवार्ड जितेका हुन ।
सन्दीपले पिएनजीबिरुद्वको ओडिआइ सिरिज तथा आइसिसी विश्वकप लिग-२ अन्तर्गत उत्कृष्ट प्रदशन गर्दै ६ खेलमा १८ विकेट लिएका थिए । उनले पिएनजी बिरुद्वको पहिलो ओडिआईमा ४/३५ तथा ६/११ को बलिङ प्रदशन गरेका थिए।त्यस्तै नेपालले ओमानलाई पहिलोपटक पराजित गर्ने क्रममा १८ रन खर्चेर ४ विकेट लिएका थिए।

