आइतबार, भाद्र २८ गते २०८३
images

सोमवारदेखि सुरु हुने अन्तर्राष्ट्रिय महिला फुटबलको तयारी पूरा

एक्सप्रेस पाना
फाल्गुण ४, २०८१ आइतबार
  • 296
    SHARES
  • सोमवारदेखि सुरु हुने अन्तर्राष्ट्रिय महिला फुटबलको तयारी पूरा

    काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । 

    images

    सोमवारदेखि काठमाडौंको दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र किर्गिस्तानको सहभागिता हुनेछ । 

    प्रतियोगिता खेल्नका लागि सहभागि हुने टोलीहरु सबै नेपाल आइसकेको र भोली हुने उद्घाटन खेलमा नेपाल किर्गिस्तानसँग खेल्ने महिला फुटबल टिमका प्रमुख प्रशिक्षक राजेन्द्र तामाङले जानकारी दिए । 

    images

    उनले अहिले किर्गिस्तान बलियो भएको र यसले नेपाललाई जित निकाल्न गार्हो हुनेपनि बताए । 

    उनले भने,‘किर्गिस्तानसँग ६ वर्ष अगाडि खेल्दा ८—२ भएर जितेका थियौं । पहिले र अहिले  किर्गिस्तानले खेल्ने फुटबल फरक देखिन्छ । हाम्रो पनि बलियो पक्ष भनेको चाहीं ग्रेट स्टक्चर हो । त्यसैले  पनि टिमको संरचना बलियो बनाएर लानुपर्नेछ । काउन्टर एट्याकमा उनीहरु राम्रो देखिन्छ । हामीले जित त निकाल्छौ तर गार्हो चाहीं छ ।’

    यस्तै नेपाली महिला टोलीका कप्तान एन्जिला तुम्बापो सुब्बाले प्रतियोगिता नेपालको लागि ठुलो अवसर भएको बताइन् 

  • सम्बन्धित विषय:

  • # अन्तर्राष्ट्रिय महिला फुटबल