आइतबार, भाद्र २८ गते २०८३
images

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप शुरु,पहिलो खेलमा नेपालले आज किर्गिस्तानसँग खेल्दै

एक्सप्रेस पाना
फाल्गुण ५, २०८१ सोमबार
  • 367
    SHARES
  • अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप शुरु,पहिलो खेलमा नेपालले आज किर्गिस्तानसँग खेल्दै

    काठमाडौं । आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप शुरु हुदै छ ।

    images

    नेपालले पहिलो खेल आज साँझ ६ बजे किर्गिस्तानसँग खेल्ने छ । खेल दशरथ रंगशालामा हुने छ । यसअघि आजै म्यान्मार र लेबनानबीच अपराहन्न २ बजेदेखि खेल हुने तालिका रहेको छ । 

    सोमबारदेखि फेब्रुअरी २६ सम्म काठमाडौँमा हुने यस खेलमा नेपालसहित म्यान्मार, लेबनान र किर्गिस्तानको सहभागिता रहेको छ ।  

    images

    त्यस्तै दोस्रो खेल फेब्रुअरी २० मा नेपालले लेबनानसँग खेल्ने छ भने  तेस्रो खेल फेब्रुअरी २३ मा नेपालले म्यान्मारसँग खेल्ने छ । फाइनल खेल लिगको शिर्ष स्थान र दोस्रो स्थानमा रहने देशले फेब्रुअरी २६ मा खेल्ने छन् ।

    च्याम्पियनसिप खेल्ने नेपाली टिम

    गोल किपर:अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर र उषा नाथ ।
    डिफेन्डर:अमृता जैशी, गीता राणा, विमला विक, पूजा राणा, निशा ठोकर, समिक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई ।
    मिडफिल्डर:अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, रेणुका हमाल र सुष्मा तामाङ ।
    फरवार्ड:सावित्रा भण्डारी, रस्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल ।

  • सम्बन्धित विषय:

  • # महिला फुटबल च्याम्पियनसिप