आइतबार, भाद्र २८ गते २०८३
images

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पिनसिप खेल्न काठमाडौँ आइपुगिन् साम्बा

एक्सप्रेस पाना
फाल्गुण ५, २०८१ सोमबार
  • 340
    SHARES
  • अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पिनसिप खेल्न काठमाडौँ  आइपुगिन् साम्बा

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड खेलाडी सावित्रा भण्डारी(साम्बा) स्वदेश आइपुगेकी छिन्। 

    images

    उनि आजदेखि सुरू हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पिनसिप खेल्नका लागि स्वेदश आएकी हुन्। 

    साम्बा केहि बेर अगाडीमात्र नेपाल आइपुगेकी हुन् । उनलाई एन्फाका पदाधिकारीहरुले स्वागत गरेका थिए । 

    images

    नेपालले पहिलो खेल आज साँझ ६ बजे किर्गिस्तानसँग खेल्ने छ । खेल दशरथ रंगशालामा हुने छ । यसअघि आजै म्यान्मार र लेबनानबीच अपराहन्न २ बजेदेखि खेल हुने तालिका रहेको छ । 

    सोमबारदेखि फेब्रुअरी २६ सम्म काठमाडौँमा हुने यस खेलमा नेपालसहित म्यान्मार, लेबनान र किर्गिस्तानको सहभागिता रहेको छ ।  

    त्यस्तै दोस्रो खेल फेब्रुअरी २० मा नेपालले लेबनानसँग खेल्ने छ भने  तेस्रो खेल फेब्रुअरी २३ मा नेपालले म्यान्मारसँग खेल्ने छ । फाइनल खेल लिगको शिर्ष स्थान र दोस्रो स्थानमा रहने देशले फेब्रुअरी २६ मा खेल्ने छन् ।

     

     

     

  • सम्बन्धित विषय:

  • # सावित्रा भण्डारी