आइतबार, भाद्र २८ गते २०८३
images

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप:नेपालले आज लेबनानसँग खेल्दै

एक्सप्रेस पाना
फाल्गुण ८, २०८१ बिहीबार
  • 359
    SHARES
  • अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप:नेपालले आज लेबनानसँग खेल्दै

    काठमाडौं । नेपालले आज अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा लेबनानसँग खेल्दैँ छ । 

    images

    बिहिबार दशरथ रंगशालामा हुने यो खेल साँझ ६ बजेदेखि शुरु हुने छ ।

    खेलमा नेपालले पहिलो खेलमा किर्गिस्तानलाई पराजित गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

    images

    त्यस्तै लेबनानले भने आफ्नो पहिलो खेलमा म्यान्मारसँग हार बेहोरेको थियो । यसअघि आजै म्यान्मार र किर्गिस्तानबीचको खेल अपराहन्न २ बजेदेखि शुरु हुने छ ।

    नेपालले आफ्नो तेस्रो खेल फेब्रुअरी २३ मा म्यान्मारसँग खेल्ने तालिका रहेको छ । सोहि दिन लेबनान र किर्गिस्तान पनि खेल्ने छन् ।   

    च्याम्पियनसिप खेल्ने नेपाली टिमः

    गोल किपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर र उषा नाथ ।

    डिफेन्डरः अमृता जैशी, गीता राणा, विमला विक, पूजा राणा, निशा ठोकर, समिक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई ।

    मिडफिल्डरः अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, रेणुका हमाल र सुष्मा तामाङ ।

    फरवार्डः सावित्रा भण्डारी, रस्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल । 

  • सम्बन्धित विषय:

  • # महिला फुटबल च्याम्पियनसिप