काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपाल र म्यान्मार बिचको खेल बराबरीमा सकिएको छ ।
आइतबार दशरथ रंगशालामा भएको नेपाल र म्यान्मारबिचको खेल २-२ गोलको बराबरीमा सकिएको हो ।
नेपालका लागि सबिता राना मगर र सावित्रा भण्डारी साम्बाले एक एक गोल गरेका हुन् भने म्यान्मारका लागि म्याट नोइ खिन र मे टेट लु ले एक एक गोल गरेका थिए ।
यो बराबरीपछि म्यान्मारको ३ खेलमा ७ अंक भएको छ र गोल अन्तरको आधारमा शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको छ । त्यस्तै नेपालको पनि ३ खेलमा ७ अंक भएको छ र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको छ ।
फाइनलमा पुगिसकेका नेपाल र म्यान्मारबीचको यो खेल दुवैका लागि फाइनल अघिको रिहर्सल खेल हुने भएको छ ।


