सोमबार, कार्तिक १७ गते २०८३
images
images

काठमाडौँ महानगरपालिकाद्धारा ७३ जना बालबालिकाको उद्धार

एक्सप्रेस पाना
फाल्गुण १३, २०८१ मंगलबार
  • 392
    SHARES
  • काठमाडौँ महानगरपालिकाद्धारा ७३ जना बालबालिकाको उद्धार

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले ४१ जना बालक र ३२ जना बालिकासहित ७३ जना बालबालिकालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेको छ । 

    images

    उद्धार गरिएकामध्ये ३८ जना बाल संरक्षण गृहमा रहेका छन् भने ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको महानगरले जनाएको छ ।

    उद्धारपछि ७ को मुद्दालाई न्यायिक प्रक्रिया अगाडि बढाइएको छ । जसमा ४ जनाको जबरजस्ती करणी, २ जना बालिकाको बाल यौन दुव्र्यवहार र १ जना बालिकाको कुटपिट तथा दास बनाएको विषय छ । 

    images

    पछिल्ला २ घटनामा भने महानगरपालिकाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई नै जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको हो । 

  • सम्बन्धित विषय:

  • # काठमाडौँ महानगरपालिका
  • # उद्धार