आइतबार, भाद्र २८ गते २०८३
images

नेपालको क्रिकेट इतिहासमै पहिलो पटक फ्लड लाइट जडान

एक्सप्रेस पाना
फाल्गुण १६, २०८१ शुक्रबार
  • 674
    SHARES
  • नेपालको क्रिकेट इतिहासमै पहिलो पटक फ्लड लाइट  जडान

    काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल स्टेडियममा जडान सम्पन्न भएको फ्लड लाइटको परीक्षण सम्पन्न भएको छ ।

    images

    बिहीवार राति पाँच वटै फ्लड लाइटको परीक्षण गरिएको हो । फ्लड लाइडको चेकिङ सकिएको र अब टेस्टिङ बाँकी रहेको स्टेडियमका प्रबन्ध निर्देशक विनोद कुँवरले जानकारी दिए ।

    नेपालको क्रिकेट इतिहासमै पहिलो पटक फ्लड लाइट जडान गरिएको हो । 

    images

    यही फागुन २५ गतेदेखि शुरु हुने प्रधानमन्त्री कप क्रिकेटका ४६ मध्ये १५ खेल यही मैदानमा हुने बताइएको छ । 

    सात वटा पिच रहेको मैदानमा अब खेल हुने मात्रै नभई नेपालमै पहिलो फ्लड लाईटमा डे नाइट म्याच हुने चरणमा प्रवेश गरेको छ ।

    आगामी २ वर्षभित्र सक्ने लक्ष्य रहेको यो मैदानमा २५ हजार दर्शक क्षमताको प्यारापिट बन्नेछ । 

  • सम्बन्धित विषय:

  • # फ्लड लाइट