काठमाडौं । फिफा विश्वकप विजेता इटालियन गोलकिपर जियानलुजी ‘जीजी’ बुफोन नेपाल आइपुगेका छन्।
आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेपे तथा अन्य पदाधिकारीले बुफोनलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन्।
इटलीका पूर्वकप्तान बुफोन केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल हेर्न आइतबार नेपाल आइपुगेका हुन् ।
इटलीका लागि ८० खेलमा कप्तानी गरेका बुफोन सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन्।


