बिहीबार , कार्तिक २० गते २०८३
images
images

अवैध रूपमा बसोबास गर्दै आएका नेपाली लिएर काठमाडौं आइपुग्यो अमेरिकी विमान

एक्सप्रेस पाना
फाल्गुण २१, २०८१ बुधबार
  • 254
    SHARES
  • अवैध रूपमा बसोबास गर्दै आएका नेपाली लिएर काठमाडौं आइपुग्यो अमेरिकी विमान

    काठमाडौं । अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका केही नेपालीलाई स्वदेश फर्काइएको छ । 

    images

    गैरकानुनी रुपमा बसोबास गर्दै आएका ९ नेपालीलाई अमेरिकाले विमान चार्टड गरेर स्वदेश फर्काएको हो । 

    बुधबार बिहान करिब १० बजे उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । त्यसमा चालक दलका सदस्यसहित १४ जना रहेको बताइएको छ । 

    images

    राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीप्रति कडा नीति अवलम्बन गर्दै गैरकानुनी आप्रवासीलाई स्वदेश फर्काइरहेका छन् । त्यसक्रममा यसअघि २७ नेपाली फिर्ता भएको अध्यागमन विभागले जनाएको छ ।