सोमबार, कार्तिक १७ गते २०८३
images
images

पत्रकारको संसद प्रवेश पास निलम्बन गरिएकोप्रति महासंघको ध्यानाकर्षण

एक्सप्रेस पाना
फाल्गुण २१, २०८१ बुधबार
  • 418
    SHARES
  • पत्रकारको संसद प्रवेश पास निलम्बन गरिएकोप्रति महासंघको ध्यानाकर्षण

    काठमाडौं । संघीय संसद् सचिवालयले दुई जना पत्रकारको संसद प्रवेश पास निलम्बन गरेकोप्रति नेपाल पत्रकार महासघंले ध्यानाकर्षण गरेको छ । 

    images

    महासघंले बुधबार प्रेस विज्ञप्तिजारी गर्दै प्रश्न सोधेको आधारमा संघीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलिको संसद प्रवेश पास निलम्बन गरेकोप्रति ध्यानाकर्षण गराएको हो । 

    पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकुल भए नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको रहेको महासघंले उल्लेख गरेको छ । । 

    images

    महासंघले महासघं काउन्सिलको क्षेत्रधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्बन फिर्ता लिन आग्रह गरेको छ । 

    महासंधले भनेको छ,"महासघं काउन्सिलको क्षेत्रधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्बन फिर्ता लिई पे्रस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद्समक्ष आग्रह गदर्छ । "

    481583568_614914711535381_234556571898986361_n.jpg

     

  • सम्बन्धित विषय:

  • # नेपाल पत्रकार महासंघ