शुक्रबार, भाद्र २६ गते २०८३
images

कालिञ्चोक गाउँपालिका वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि ९ नम्बरलाई

एक्सप्रेस पाना
आश्विन २६, २०७८ मंगलबार
  • 757
    SHARES
  • कालिञ्चोक गाउँपालिका वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि ९ नम्बरलाई

    असोज २६ दोलखा । गत २४ आज बाट कालिञ्चोक गाउँपालिकामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको प्रथम उपाधि वडा नम्बर ९ सुन्द्रावतीले जितेको छ ।  received_201320898750862.jpeg

    images

    पालिकाकै वडा नं.३ मा रहेको खेलकुद समितिको मुख्य आयोजन पोखरेमा सम्पन्न भएको फाइनल खेलमा आयोजक ३ नम्बरलाई हराउँदै उपाधि जितेको हो । उपाधि सँगै नगद ३० हजारसहित सिल मेडल प्रमाण पत्र जितेको छ । त्यस्तै दोस्रो हुने टोलीले २० हजार रुपैयाँ नगद सहित सिल मेडल प्रमाणपत्र प्राप्त गरेको छ ।  received_238764401560607.jpeg

    यता तेस्रो हुने वडा नम्बर ७ ले १० हजार रुपियाँ नगद र सिल मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । गत २४ गतेबाट सुरु भएको यो प्रतियोगितामा पालिका भित्रका १० वटा टोलीले सहभागिता जनाएकाे वडा अध्यक्ष निशान बुढाथोकीले जानकारी दिनुभयो ।

    images

    त्यस्तै प्रतियोगिताको बेस्ट प्लेएर बिशाल शाही , बेस्ट स्पाइकर अञ्जन बस्नेत , बेस्ट सेटेर पशुपति बस्नेत , बेस्ट डिप्रेन्डर मनु तामाङ र बेस्ट ब्लकर बालकृष्ण खड्काले उपाधि हात पारे ।  received_949501615777313.jpegreceived_400286745108914.jpegreceived_1824661021074846.jpegreceived_475652633481928.jpeg