आइतबार, भाद्र २८ गते २०८३
images

महिला टी–२० आई शृंखलामा नेपालले आज पहिलो खेल नामिबियासँग खेल्दै

एक्सप्रेस पाना
फाल्गुण २४, २०८१ शनिबार
  • 335
    SHARES
  • महिला टी–२० आई शृंखलामा नेपालले आज पहिलो खेल नामिबियासँग खेल्दै

    काठमाडौं । युगाण्डामा जारी महिला टी–२० आई शृंखलामा नेपालले आफ्नो पहिलो खेल आज नामिबियासँग खेल्दैछ ।

    images

    शनिबार युगाण्डामा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ५ बजे सुरु हुनेछ । नेपालले नामिबियाको महिला टोलीसँग पहिलो पटक खेल्न लागेको हो । यस शृंखलामा खेल्ने अन्य टोलीहरूसँग भने नेपाल पहिले पनि खेलिसकेको छ।

    प्रतियोगितामा नेपाल, घरेलु टोली युगान्डा, नामिबिया र हङकङबीच प्रतिस्पर्धा हुनेछ । 

    images

    इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको गरिएको छ । टोलिमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्‍वरी विष्ट रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # महिला टी–२० आई शृंखला