आइतबार, भाद्र २८ गते २०८३
images

न्यूजील्याण्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

एक्सप्रेस पाना
फाल्गुण २६, २०८१ सोमबार
  • 294
    SHARES
  • न्यूजील्याण्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

    काठमाडौं । भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीकोको उपाधि जितेको छ । 

    images

    आइतबार भएको फाइनलमा न्यूजील्याण्डलाई चार विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।

    न्यूजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाकि ७६ रन बनाए । ८३ बलको सामना गरेका उनले सात चौका र तीन छक्का प्रहार गरे ।

    images

    त्यस्तै श्रेयस अय्यरले ४८, केएल राउलले ३४ रन बनाए । शुभमन गिलले ३१ रन बनाउँदा विराट कोहली एक रनमा आउट भए ।

    न्यूजीलाण्डले आजको खेलमा सात जना बलर प्रयोग गरेको थियो । जसमध्ये मिचेल सेन्टनर र माइकल ब्रेसवेलले समान दुई विकेट लिए ।
    त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै २५१ रन बनाएको थियो ।

    यसअघि सन् २०१३ पनि भारतले यो प्रतियोगिताको उपाधि जितेको थियो । त्यस्तै सन् २००२ मा वर्षाका कारण खेल रद्ध हुँदा श्रीलंका र भारतले संयुक्त रुपमा उपाधि जितेको थिए ।

    यस अघि सन् २००० च्याम्पियन्स ट्रफी जितेक न्यूजील्याण्ड भने दोस्रो पटक उपविजेता बनेको छ ।

  • सम्बन्धित विषय:

  • # च्याम्पियन्स ट्रफी