बिहीबार , कार्तिक २० गते २०८३
images
images

जनकपुरधाममा एक युवकको झुन्डिएको अवस्थामा शव फेला

एक्सप्रेस पाना
फाल्गुण २८, २०८१ बुधबार
  • 338
    SHARES
  • जनकपुरधाममा एक युवकको झुन्डिएको अवस्थामा शव फेला

    काठमाडौं । जनकपुरधाममा एकजना युवाको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।

    images

    जनकपुरधाम उपमहानगरपालिका वडा नं.१९ पुलचोस्थित आँपको बगैचामा अन्दाजी २५ वर्षीय युवकको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

    बुधबार (आज) विहान स्थानीयहरुले शव झन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    images

    मृतकको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी धनुषाका प्रवक्ता नायव प्रहरी उपरीक्षक बरुण सिंहले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ ।

  • सम्बन्धित विषय:

  • # शव फेला