काठमाडौँ । वदेशी मुद्राको विनिमयदरमा उतारचढाव आउनुुका साथै केही फेरबदल भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर नेपाली ११९ रुपैयाँ ५० पैसा पुगेको छ भने विक्रीदर १२० रुपैयाँ १० पैसा पुगेको छ।
मंगलबार यूूरोपियन यूूरो एकको खरिददर १४० रुपैयाँ ७१ पैसा पुगेको छ भने विक्रीदर १४१ रुपैयाँ ४१ पैसा पुगेको छ। यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ८९ पैसा र विक्रीदर १६४ रुपैयाँ ७१ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ७२ पैसा र विक्रीदर १३० रुपैयाँ ३७ पैसा रहेको छ।
यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८७ रुपैयाँ ८६ पैसा र विक्रीदर ८८ रुपैयाँ ३० पैसा रहेको छ भने, क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ३७ पैसा र विक्रीदर ९३ रुपैयाँ ८४ पैसा रहेको छ।
यता जापानी यन आज १० को खरिददर १० रुपैयाँ ८९ पैसा र विक्रीदर १० रुपैयाँ ९४ पैसा रहेको छ । चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५१ पैसा रहेको छ।
साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ८६ पैसा र विक्रीदर ३२ रुपैयाँ ०२ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र विक्रीदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ।


