काठमाडौं । महिला टी–२० आई क्रिकेट शृंखलामा हङकङलाई हराउँदै नेपाल विजयी भएको छ ।
शुक्रबार युगाण्डामा भएको खेलमा हङकङलाई ६ विकेटले हराउँदै नेपाल विजयी भएको हो ।
१०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य पुरा गरेको हो ।
नेपालका लागि सम्झना खड्काले ४७ रन बनाइन् भने इन्दु बर्माले १८ रन बनाउँदा पूजा महतोले अविजित रहँदै २० रन बनाइन् ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो ।
हङकङका लागि साञ्जिन शाहजादले सर्वाधिक ५४ रन जोडिन् भने चाङ का योगं १६ तथा यासमिन दासवानी १४ रनमा आउट भईन्।
नेपालका लागि राजमती ऐरीले ३, कप्तान इन्दु बर्माले २ तथा पुजा महतो र इश्वरी विष्टले समान १ विकेट लिए।


