बिहीबार , कार्तिक २० गते २०८३
images
images

धनुषाको सबैलामा झडप, प्रहरीले चलायो अश्रुग्यास

एक्सप्रेस पाना
चैत्र ३, २०८१ आइतबार
  • 338
    SHARES
  • धनुषाको सबैलामा झडप, प्रहरीले चलायो अश्रुग्यास

    काठमाडौं । धनुषाको सबैला नगरपालिकामा दुइ पक्षबिच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । 

    images

    स्थिति तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले स्थिति नियन्त्रणमा लिन आश्रुग्यास प्रहार गरेको बताए ।

    उनका अनुसार अश्रुग्यास प्रहार गर्दै प्रहरीले लाठीचार्ज पनि गरेको थियो । ‘एक पक्षले यादव चोक हुनुपर्छ भन्छन्, अर्को पक्षले यादव चोक स्वीकार नगर्ने भन्छन् । चोकको विषयमा दुई पक्षबीच झडप भयो,’ उनले भने ।’

    images

    केलुवामोरका बासिन्दाले भठिहनमा ‘यादव चोक’ नामकरण गरेको थियो । ‘यादव चोक’ को बोर्ड समेत सडकमा राखेपछि विवाद चुलिएको छ ।

    भठिहनका बासिन्दाले ‘यादव चोक’को नाममा आपत्ति जनाउँदै बोर्ड उखालेर प्रहरीको जिम्मा लगाएको थियो । आज विहानदेखि स्थानीयहरुले सवैला प्रहरी चौकी घेरेर नाराबाजी गरिरहेका छन् ।