बिहीबार , कार्तिक २० गते २०८३
images
images

धनुषाको भठिहनमा प्रहरीको गोली लागेर एक जना घाइते

एक्सप्रेस पाना
चैत्र ४, २०८१ सोमबार
  • 321
    SHARES
  • धनुषाको भठिहनमा प्रहरीको गोली लागेर एक जना घाइते

    काठमाडौं । धनुषाको सबैला नगरपालिकास्थित भठिहनमा चोकको नामलाई लिएर दुई पक्षबीच आज(सोमबार) पनि झडप भएको छ ।

    images

    दुई पक्षबीचको झडप बढ्न थालेपछि नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर एकजना युवक घाइते भएका छन् ।

    घाइते हुनेमा सहिदनगर वडा नं.१ का करिब २० वर्षीय सन्तोष यादव रहेको जनाइएको छ । घाइते यादवको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    images

    भठिहनस्थित चोकमा एक पक्षले यादव चोक लेखिएको बोर्ड लगाएपछि अर्को पक्षले सो बोर्ड उखालेपछि तनाव उत्पन्न भएको थियो ।