सोमबार, कार्तिक १७ गते २०८३
images
images

राष्ट्रपति डोनाल्ड ट्रम्प र भ्लादमिर पुटिनबीच फोनवार्ता

एक्सप्रेस पाना
चैत्र ६, २०८१ बुधबार
  • 228
    SHARES
  • राष्ट्रपति डोनाल्ड ट्रम्प र भ्लादमिर पुटिनबीच फोनवार्ता

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादमिर पुटिनबीच फोनवार्ता भएको छ । दुवैबीच ९० मिनेटसम्म फोनवार्ता भएको ह्वाइट हाउसले जनाएको छ ।

    images

    ट्रम्पसँगको कुराकानीमा पुटिनले युक्रेनले रूसी ऊर्जा प्रतिष्ठानहरूमा आक्रमण नगरेमा ३० दिनसम्म युक्रेनी ऊर्जा प्रतिष्ठानहरूमा आक्रमण नगर्न सहमत भएका छन् ।

    यद्यपि, युक्रेनी शहरहरू र सैन्य अड्डाहरूमा आक्रमण जारी रहने पुटिनले बताएका छन् । यसका साथै, आज रुस र युक्रेनले  आ(आफ्नो हिरासतमा रहेका १७५(१७५ सैनिक आदानप्रदान गर्ने भएका छन् ।

    images

    रुसले ३० दिने युद्धविरामको अवधिमा युक्रेनमा सैन्य गतिविधि बन्द गर्नुपर्ने माग गरेको छ । यससँगै ब्लाक सागरमा जहाजहरूको सुरक्षाको मुद्दामा छलफल सुरु हुनेछ ।

    युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ३० दिने युद्धविराम प्रस्तावमा सहमति जनाएका छन् । रूसले पनि सैद्धान्तिक रूपमा सहमति जनाएको छ। यद्यपि, रुसी उपविदेशमन्त्री अलेक्जेन्डर ग्रुश्कोले युक्रेन तटस्थ स्थितिमा रहनेछ भन्ने ठोस ग्यारेन्टी पाउनुपर्छ र नेटो देशहरूले युक्रेनलाई सदस्यता नदिने वाचा गर्नुपर्ने बताएका छन् ।