शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपालविरुद्ध बंगलादेशकाे अग्रता 

एक्सप्रेस पाना
आश्विन २७, २०७८ बुधबार
  • 474
    SHARES
  • नेपालविरुद्ध बंगलादेशकाे अग्रता 

    असोज २७ काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत चौथो खेलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । माल्दिभ्सको मालेमा जारी पहिलो हाफको खेल जारी रहँदा बंगलादेशले सुरुवाती अग्रता लिएको छ । 

    images

    बंगलादेशका सुमन रेजाले खेलको ९औं मिनेटमा सुरुवाती गाेल गरेका छन् ।  कप्तान जमल भुयानले दिएको फ्रिकिक पासमा सुमनले सिक्स यार्ड बक्सबाट हेडिङ गोल गरेका थिए ।  फाइनल पुग्न नेपाललाई बराबर वा जित भए पुग्नेछ भने बंगलादेशलाई जितको विकल्प छैन ।