आइतबार, भाद्र २८ गते २०८३
images

ललितपुरमा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

एक्सप्रेस पाना
चैत्र ८, २०८१ शुक्रबार
  • 271
    SHARES
  • ललितपुरमा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

    काठमाडौं । ललितपुर महानगरपालिकाको १०६ औं बार्षिककोत्सवको उपलक्ष्यमा बागमती प्रदेश अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । 

    images

    शुक्रबार ललितपुरमा पत्रकार सम्मेलनको आयोजनागरी जावालाखेल भलिबल प्रशिक्षण केन्द्रका उपाध्यक्ष तथा प्रतियोगितको संयोजक श्रीराम बोगटीलेले चैत्र १० देखि १५ गतेसम्म मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएका हुन् । 

    उनले अनुसार नेपालको राष्ट्रिय खेल भलिबलको विकास र बिस्तारको लागि यस प्रतियोगिताबाट टेवा पुग्ने विश्वासकासाथ प्रतियोगिताको आयोजना गर्न लागेको पनि जानकारी दिए । 

    images

    उनले भने, ललितपुर महानगरपालिकाको १०६औं बार्षिककोत्सवको उपलक्ष्यमा तथा पुरुष भलिबल प्रतियोगिता २०८१ चैत्र १० गते देखि १५ गतेसम्म आयोजना गरिने छ । नेपालको राष्ट्रिय खेल भलिबलको विकास र बिस्तारको लागि यस प्रतियोगिताबाट टेवा पुग्ने विश्वास लिएका छौं ।’

    उनका अनुसार उक्त प्रतियोगितामा बागमती प्रदेश पालिका स्तरीय टिमहरूले मात्र भाग लिन पाउनेछन् । यस प्रतियोगितामा नेपालको राष्ट्रिय खेलाडीहरू, विभागीय खेलाडीहरू तथा विदेशी खेलाडीहरूले सहभागी हुन पाइने छैन् । 

    उनले भने,‘उक्त प्रतियोगितामा बागमती प्रदेश पालिकास्तरीय टिमहरूले मात्र भाग लिन पाउनेछन् । यस प्रतियोगितामा नेपालको राष्ट्रिय खेलाडीहरू, विभागीय खेलाडीहरू तथा विदेशी खेलाडीहरूले सहभागी हुन पाइने छैन ।’

    साथै प्रतियोगिताको मुख्य उद्देश्य नयाँ प्रतिभाशाली खेलाडीहरूलाई प्रतिभा देखाउने अवसर प्रदान गर्नु रहेको आयोजकले जनाएको छ । 

    प्रतियोगितामा शिल्ड, मेडल, प्रमाण–पत्र, नगद पुरस्कार तथा विधागत पुरस्कारको व्यवस्था गरिएको छ। जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कर्भडहलमा संचालन हुने खेल लिगकम नक–आउटको आधारमा खेलाईने छ ।

    प्रथम पुरस्कार रु.२,००,००० द्वितिय पुरस्कार रु.१,००,०००, तृतीय पुरस्कार रु.५०,०००,सर्वश्रेष्ठ खेलाडी पुरस्कार,रु.१०,०००, वेष्ट स्पाईकर रु.५,०००,वेष्ट सेटर रु.५,०००, वेष्ट ब्लकर रु.५,०००,वेष्ट लिबेरो रु.५,००० र वेष्ट प्रशिक्षकलाई रु.५,००० पुरस्कारको व्यवस्था गरिएको छ । 

     

  • सम्बन्धित विषय:

  • # मेयर कप