काठमाडौं । नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।
शुक्रबार भएको मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरविरुद्ध १-० को जित हात पारेको हो ।
नेपालको जितमा खेलको १२औं मिनेटमा जिलेस्पी जंग कार्कीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको हो ।
यस जितले नेपाली टिमको मनोबल बढाएको छ।
यस जितसँगै म्याट रसले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकको रुपमा विजयी सुरुवात गरेका छन्। एक वर्षको कार्यकालका लागि प्रशिक्षकमा नियुक्त भएका रसले पहिलो खेलमा नेपाललाई जित दिलाएर सुखद शुरुवात गरेका छन् ।


