आइतबार, भाद्र २८ गते २०८३
images

दिल्ली यू–१९ माथी नेपाली टोलीको शानदार जित

एक्सप्रेस पाना
चैत्र १२, २०८१ मंगलबार
  • 582
    SHARES
  • दिल्ली यू–१९ माथी नेपाली टोलीको शानदार जित

    काठमाडौं । आइसिसी यू-१९ विश्वकप क्रिकेट छनोटको तयारीमा रहेको यू-१९ नेपाली क्रिकेट टोलिले दिल्ली यू–१९ लाई ५ विकेटले हराएको छ । 

    images

    मंगलबार भएको खेलमा ९६ रनको लक्ष्य पछाएको नेपाली टोलिले ३१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । 

    नेपालको लागि अमर मिश्राले २७ रन बनाउँदा रोहन विश्वकर्माले २५ बनाए भने नरेन भट्टले अविजित १८ रन बनाए । दिल्लीका लागि अमन चौधरीले ९ ओभरमा ३१ रन दिएर सर्वाधिक दुई विकेट लिए ।

    images

    त्यसअघि टस जितेर ब्याटिङ रोजेको दिल्ली २३ ओभरमा ९५ रनमा अलआउट भएको थियो । यसका लागि साथक पालले सर्वाधिक २९ रन बनाए ।

    नेपालका लागि अपराजित पौडेल र सिब्रिन श्रेष्ठले तीनरतीन तथा बिपिनप्रसाद आचार्य र अशोक धामीले दुईरदुई विकेट लिए । 

    यो जितसँगै तीन खेलको सिरिजमा नेपालले १–० को अग्रता लिएको छ । यी दुई टिमबीचको दोस्रो खेल बिहीबार हुनेछ ।   

     

  • सम्बन्धित विषय:

  • # यू-१९ नेपाली क्रिकेट