बिहीबार , कार्तिक २० गते २०८३
images
images

आज काठमाडौँ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

एक्सप्रेस पाना
चैत्र १६, २०८१ शनिबार
  • 346
    SHARES
  • आज काठमाडौँ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

    काठमाडौं । आज चैत्र कृष्ण औँसी अर्थात घोडे जात्रा  । आजका दिन काठमाडौँ उपत्यकामा परम्परागत घोडे जात्रा पर्व मनाइँदैछ ।

    images

    यस पर्वमा नेपा मंडल भित्र देवी देवताको जात्रा गरी मनाउने चलन छ । यो काठमाडौंको टुँडिखेलमा मनाइने एक प्रसिद्ध जात्रा हो । यो दिनलाई घोडचढी प्रतिस्पर्धाको रूपमा पनि मनाइन्छ । 

    यो जात्रा परापूर्वकालमा गुरुमापा नामक दैत्य माथिको विजयको रूपमा मनाइन्छ । यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्ने विश्वास गरिन्छ । जसले यो शहरलाई अहिले पनि नाश गर्न चाहने विश्वास गरिन्छ र साथै यस जात्राले देशमा शुमङ्गल ल्याउने जनविश्वास छ । 

    images

    आज नेपाली सेनाका तर्फबाट टुँडिखेलमा घोडचढी कला, अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजको दिन ललितपुरमा एउटा कानो घोडा दौडाएर घोडे जात्रा मनाउने परम्परा छ ।

  • सम्बन्धित विषय:

  • # घोडे जात्रा