बिहीबार , कार्तिक २० गते २०८३
images
images

आज इद उल फित्र पर्व मनाउँदै इस्लाम धर्मावलम्बी,सरकारले दियो सार्वजनिक बिदा

एक्सप्रेस पाना
चैत्र १८, २०८१ सोमबार
  • 248
    SHARES
  • आज इद उल फित्र पर्व मनाउँदै इस्लाम धर्मावलम्बी,सरकारले दियो सार्वजनिक बिदा

    काठमाडौं  । इस्लाम धर्मावलम्बीहरुले सोमबार इद मनाउँदै छन् । एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा आज इद उल फित्र मनाउन लागिएको हो । 

    images

    इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । यो दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ ।

    यो दिन नमाज पाठ गरेपछि तीन दिनसम्म ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ ।आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ । 

    images

    इदका अवसरमा सरकारले आज (सोमबार) सार्वजनिक बिदा समेत दिएको छ ।

  • सम्बन्धित विषय:

  • # इद उल फित्र पर्व