शुक्रबार, भाद्र २६ गते २०८३
images

सिंहमोती युवा क्लबको आयोजनामा शुभकामना आदानप्रदान,सम्मान तथा संस्कृतिक कार्यक्रम सम्पन्न

एक्सप्रेस पाना
आश्विन २८, २०७८ बिहीबार
  • 645
    SHARES
  • सिंहमोती युवा क्लबको आयोजनामा शुभकामना आदानप्रदान,सम्मान तथा संस्कृतिक कार्यक्रम सम्पन्न

    असोज २८ सिन्धुपाल्चोक । जिल्लाकाे इन्द्रावती गाउँपालिका वडा नम्बर ३ कुञ्चोक थापा गाउँ (खर्क) मा रहेको श्री सिंहमती युवा क्लबको आयोजना बिहिवार शुभकामना आदानप्रदान , सम्मान तथा संस्कृतिक कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।

    images

    बडा दसौं, शुभ दिपावली, तथा छठ पर्वको अवसरमा आयोजना भएको कार्यक्रम सूर्यकीरण आधारभूत विद्यालयको प्रांगणमा भएको थियोे । कार्यक्रममा स्थानीय बासिन्दा , विभिन्न राजनीति दलका नेता, कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि ३ नम्बर वडाका अध्यक्ष देवप्रसाद बानियाँ रहनु भएको थियो भने लोक तथा दोहोरी गायक सुरेन्द्र गिरीले आफ्नो सांगीतिक प्रस्तुति गरि भरपुर मनोरञ्जन प्रदान गर्नु भएको थियोे ।

    त्यस्तै ३ नम्बर वडा अध्यक्ष बानियाँले क्लबको भवन निर्माणको लागि वडाको तर्फबाट रु ५ लाख सहयोग गर्ने घोषणा समेत गर्नु भएको छ । उहाँले आज सम्पन्न कार्यक्रमको केही खर्च पनि आफूले व्यहोर्ने समेत बताउनु भयो ।

    images

    गत बर्ष सेभेन ए साइड फुटबल प्रतियोगिता सम्पन्न गरेको उक्त क्लबले यस बर्ष भने क्लबलाई आर्थिक सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेको छ ।