बिहीबार , कार्तिक २० गते २०८३
images
images

भारतीय दूताबासले १० वटा स्थानीय तहलाई सहयोग गर्ने

एक्सप्रेस पाना
चैत्र १९, २०८१ मंगलबार
  • 442
    SHARES
  • भारतीय दूताबासले १० वटा स्थानीय तहलाई सहयोग गर्ने

    काठमकाडौं । सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारत सरकारको भारतीय दूतावासबीच नेपालका विभिन्न स्थानीय तहलाई सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

    images

    मंगलवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुलीले संचारकर्मीहरुसँग कुरा गर्दै १० वटा स्थानीय तहहरुसँग त्रिपक्षीय सम्झौता भएको बताएका हुन् । 

    उनले भने,‘नेपाल सरकार र भारत सरकारबीच वभिन्न स्थानीय तहका शिक्षा, स्वास्थ्य लगायतका विभिन्न प्रोजेक्टहरुको सम्झौता पत्रमा हस्ताक्षर गरेका छौं । १० ओटा स्थानीय तहहरुसँग त्रिपक्षीय सम्झौता भएको छ । म भारत सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

    images

    उनले यो सम्झौता अनुसार स्थानीय तहहरुबाट आयोजनाको माग गरी परियोजना तयार गरी अर्थ मन्त्रालयको तर्फबाट भारतीय दूतावासले स्वीकृती प्राप्त भएपछि परियोजनाहरु सुरु हुने बताए । 

    ‘नेपाल र भारत सरकारबीचको सहयोग सम्झौता अनुसार स्थानीय तहहरुबाट आयोजनाको माग गरी विस्तृत परियोजना तयार गरी अर्थमन्त्रालयको तर्फबाट भारतीय दुतावासले स्वीकृत गरेपछि परियोजना सुरु हुन्छ । निरन्तर सहयोग हुने कार्यक्रम हो,’ उनले भने । 

    उनले एउटा आयोजनाको हकमा अधिकतम २० करोडसम्म सहयोग हुने भन्दै विद्यालयको भवन निर्माण, स्वास्थ्य चौकी निर्माण जस्ता विषयमा सम्झौता भएको जानकारी दिए । 

  • सम्बन्धित विषय:

  • # भारतीय दूताबास