बिहीबार , कार्तिक २० गते २०८३
images
images

भाटभटेनीको तोडफोडमा प्रतिकार गर्ने सुरक्षाकर्मी ५ लाख नगदसहित सम्मानीत

एक्सप्रेस पाना
चैत्र २०, २०८१ बुधबार
  • 378
    SHARES
  • भाटभटेनीको तोडफोडमा प्रतिकार गर्ने सुरक्षाकर्मी ५ लाख नगदसहित सम्मानीत

    काठमाडौं । गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड हुदाँ प्रतिकार गर्ने सुरक्षाकर्मी दुलप्रसाद पराजुली सम्मानित भएका छन् । 

    images

    बुधबार भाटभटेनीले एक कार्यक्रमका बीच उनलाई चैत १५ गतेको घटनामा देखाएको बहादुरीको कदर गर्दै सम्मान गरेको हो । उनको योगदानका लागि भाटभटेनीले ५ लाख १ हजार १११ रुपैयाँ, एउटा फुली र पाँच ग्रेड बढुवासहित सम्मान गरेको छ । उनीसँगै घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका अन्य कर्मचारीहरूलाई पनि सम्मानित भएका छन् । 

    सोही क्रममा पराजुलीले चैत्र १५ प्र्रदर्शनकारीहरु आएर फलफूल, बियर, वाइनहरु सबै बोकेर हिन्न थाले त्यसपछि सबैजना मिलेर उनीहरुलाई रोक्न भनेर गएको भन्दै प्रतिकार गर्दै गर्दा आफूलाई डर नलागेको पनि बताए । 

    images

    उनले भने, ‘चैत्र १५ गतेको कुरामा आतंककारी आए, ढुंगामुढा गर्न थाले, त्यसपछि भित्र पसेर फलफूल, बियर, वाइनहरु सबै बोकेर हिन्न थाले त्यसपछि भएन भनेर सबै जना साथिहरु मिलेर उनीहरुलाई रोक्न थाल्यौं, अरु साथिले भित्रबाट लखेट्ने गरेका थिए भने मैले बाहिर बसेर हानेको थिए । मलाई डर भने लागेन ।’ 

    यस्तै, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भाटभटेनीको तर्फबाट चैत्र १५ को घटनामा ज्यान गुमाएका एभिन्यूजका क्यामेराम्यान सुरेश रजतको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । 

    उनले भने, ‘चैत्र १५ को घटनामा ज्यान गुमाएका एभिन्यूजका क्यामेराम्यान सुरेश रजतको परिवारलाई ५ लाख रुपैयाँ भाटभटेनीको तर्फबाट सहयोग गर्ने छौ र अर्को सविन महर्जनको परिवारलाई पनि ३ लाख रुपैया सहयोग गर्ने घोषणा गर्दछु ।’ 

    उनले एउटा व्यवसायी र नेपालीको हैसियतले अब नेपालमा राजा आउन सम्भव नभएको भन्दै उद्घोष पनि गरेका थिए । 

    उनले भने, ‘हामीलाई राजा गयो अब फेरि आउँछ भन्ने छ अब आउँदैन् । राजा आउदैँन् मैले उद्घोष गरे, म एउटा व्यवसायी र एउटा नेपाली भएर भन्दै छु राजा आउदैँन् । भाटभटेनीमा ढुङ्गा हान्ने काम गर्नु हुदैँन् । नेपाल सरकारलाई के भन्न चाहान्छु भने कुनै एउटा डनले थर्काउदा थर्किनु पर्ने त्रासको वातावरणबाट हामीलाई मुक्त गर्नु ।’

  • सम्बन्धित विषय:

  • # भाटभटेनी
  • # तोडफोड