सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेपाल शिक्षक महासंघको पुनः आन्दोलन सुरु

एक्सप्रेस पाना
चैत्र २०, २०८१ बुधबार
  • 390
    SHARES
  • नेपाल शिक्षक महासंघको पुनः आन्दोलन सुरु

    काठमाडौं । नेपाल शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरूले पुनः आन्दोलन सुरु गरेका छन् । 

    images

    बुधबार दिउँसो विभिन्न स्थानबाट शिक्षकहरु माइतीघर मण्डलामा भेला भई बिजुलीबजारसम्म दबाबमूलक र्‍याली निकालेका हुन् । 

    गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले आवधिक बढुवा हुनुपर्ने, शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने, निजामतीसरहको सेवा सुविधा दिइनुपर्ने, संवैधानिक शिक्षा आयोग व्यवस्था गरिनुपर्ने जस्ता माग राखेर काठमाडौं जाऔँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन सुरु गरेका हुन् ।

    images

    Photo (25) (5).jpg

    Photo (9) (34).jpg

    Photo (8) (32).jpg

    २०२८ को पञ्चायत कालकै ऐनमा शासित हुनुपरेको भन्दै नयाँ युग अनुसारको कानून चाहिएको महासंघको भनाइ छ । भोलिबाट हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघरदेखि बानेश्वर सडक खण्डमा प्रदर्शनको कार्यक्रम रहेको महासंघले जनाएको छ ।

    Photo (19) (10).jpg

    Photo (21) (9).jpg

  • सम्बन्धित विषय:

  • # महासंघ
  • # शिक्षक आन्दोलन