बिहीबार , कार्तिक २० गते २०८३
images
images

वायुप्रदूषणको खतरा बढेकाले घरबाहिर निस्कँदा सुरक्षित मास्कको प्रयोग गर्न अनुरोध

एक्सप्रेस पाना
चैत्र २१, २०८१ बिहीबार
  • 293
    SHARES
  • वायुप्रदूषणको खतरा बढेकाले घरबाहिर निस्कँदा सुरक्षित मास्कको प्रयोग गर्न अनुरोध

    काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरमा वायुप्रदूषण खतराको तह नजिक पुगेको छ। 

    images

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायुप्रदूषणको खतरा बढेकाले घरबाहिर निस्कँदा सुरक्षित मास्कको प्रयोग गर्न अनुरोध गरेको छ । 

    एक सूचना जारी गर्दै प्राधिकरण भनेको छ,‘सम्भव भएसम्म घरमै बस्न, कार्यालयका कामहरु घरबाटै व्यवस्थापन गर्न, सवारी साधनको प्रयोग कम गर्न, घर, सडक तथा सार्वजनिक स्थानको सरसफाईमा ध्यान दिनुहोला ।’

    images

    अत्याधिक धुलो र धुँवा उत्सर्जन गर्ने निर्माण कार्य केही समयलाई स्थगन गरी वातावरणमैत्री हुने गरी नियमन गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ । 

    फोहरमैलाको सही व्यवस्थापन गर्न एवं फोहरमैला नजलाउन, वन डढेलो लाग्नै नदिन र लागिहाले सावधानीपूर्वक नियन्त्रण गर्न पनि अनुरो गरेको छ । बालबच्चा, वृद्धवृद्धा र संवेदनशील स्वास्थ्य समस्या भएकाहरुको विशेष हेरचाह गर्न प्राधिकरणले भनेको छ ।

    Photo (3) (4).jpg

  • सम्बन्धित विषय:

  • # वायुप्रदूषण