काठमाडौं । जारी चार देशीय टी-२० सिरिजमा कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दिएको छ ।
बिहिबार हङकङस्थित मिसन रोड गराउन्डमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको कुवेतले २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको हो ।
कुवेतका लागि राविजा सन्दारुवानले २९ रनको पारी खेल्दा क्लिनटो अन्तोले ४१ रन बनाए। मित मान्सारले ३५ रन जोड्दा विलाल ताहिरले ३२ रन जोडे। कप्तान मोहम्मद अस्लामले १७ रनमा अन्तिम बलमा रनआउट भए।
त्यसैगरी नेपालका लागि सोमपाल कामीले ४ ओभरमा ३ विकेट लिँदै कुवेतका ब्याटरमाथि हाबी भएका थिए। नन्दन यादव २ विकेट लिँदा कुशल भुर्तेल र ललित राजवंशीले समान १-१ विकेट झारे।
.jpg)


