काठमाडौं । हङकङमा जारी चार देशीय टी-२० सिरिजमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।
बिहीबार बिहान हङकङमा भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको हो ।
१८६ रनको विशाल लक्ष्य पछाएको नेपालले १९ औं ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।
नेपालको जितमा कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे । कुशलले ५० बलमा ६ चौका र ६ छक्काको मदतमा ८१ रन बनाए । आसिफले ३८ बलमा ४ छक्काको मद्दतमा ५३ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १२ बलमै ३१ रन जोडे । गुलसन झाले ३ बल खेलेर २ चौकाको हान्दै नेपालको जित सुनिश्चित गरे ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको कुवेतले २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको थियो।
कुवेतका लागि राविजा सन्दारुवानले २९ रनको पारी खेल्दा क्लिनटो अन्तोले ४१ रन बनाए। मित मान्सारले ३५ रन जोड्दा विलाल ताहिरले ३२ रन जोडे। कप्तान मोहम्मद अस्लामले १७ रनमा अन्तिम बलमा रनआउट भए।
त्यसैगरी नेपालका लागि सोमपाल कामीले ४ ओभरमा ३ विकेट लिँदै कुवेतका ब्याटरमाथि हाबी भएका थिए। नन्दन यादव २ विकेट लिँदा कुशल भुर्तेल र ललित राजवंशीले समान १-१ विकेट झारे।
.jpg)


