आइतबार, भाद्र २८ गते २०८३
images

चार देशीय टी-२० सिरिज:नेपालले आज हङकङको सामना गर्दै

एक्सप्रेस पाना
चैत्र ३०, २०८१ शनिबार
  • 319
    SHARES
  • चार देशीय टी-२० सिरिज:नेपालले आज हङकङको सामना गर्दै

    काठमाडौं । हङकङमा जारी चार देशीय टी-२० सिरिजमा नेपालले आज आयोजक  हङकङसँग खेल्दै छ । 

    images

    शनिबार हङकङस्थित मिसन रोड गराउन्डमा हुने यो खेल नेपाल इसम्य अनुसार बिहान ११:१५ बजेदेखि शुरु हुने छ ।     


    नेपालले यस सिरिजमा लगातार दुई खेलमा जित हासिल गर्दै अंक तालिका शिर्ष स्थानमा रहेको छ । नेपालले कतार र कुवेतलाई पराजित गरेको थियो । 

    images

    त्यस्तै हङकङले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ । हङकङ कुवेतसँग पराजित भएको थियो भने कतारलाई पराजित गरेको थियो । अंक तालिकामा २(२ अंक रहेका हङकङ दोस्रो स्थानमा छ भने कुवेत तेस्रो स्थानमा रहेको छ । त्यस्तै दुवै खेलमा हार बेहोरेको कतार भने फाइनलको दौडबाट बाहिरिएको छ ।

    यस सिरिजका लागि रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, वसिर अहमद, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, गुल्शन झा, कुशल मल्ल र शहाब आलम खेलाडी  हङकङ पुगेका छन ।


    आजका खेलपछि अप्रिल १३ मा पहिलो र दोस्रो स्थानमा रहेका देश फाइनल खेल्ने छन् भने तेस्रो र चौथो स्थानमा रहने देश तेस्रो स्थानका लागि खेल्ने छन् ।

  • सम्बन्धित विषय:

  • # टी-२० सिरिज