काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० आई सिरिजमा कुवेतले नेपाललाई १७५ रनको लक्ष्य दिएको छ ।
आइतबार हङकङमा जारी फाइनल खेलमा टस हारेर ब्याङि गरेको कुबेतले २० ओभरका ७ विकेट गुमाउँदै १७४ रन बनाएको हो ।
कुबेतका लागि रविजा सन्द्रावनले ६३ रन बनाए भने क्लिन्टो आन्टोले २६ रन जोडे ।
नेपालका लागि सोमपाल कामी र नन्दन यादवले दुई-दुई तथा करण केसी र कुशल भुर्तेलले एक-एक विकेट लिए ।


